समाचार
नवौ गाउँसभाबाट ६२ करोड २८ लाख ३७ हजार ५ सय ९० बराबरको बजेट सर्वसम्मत पारित
आज मिति २०७८/०३/१० गते दिप्रुङ चुइचुम्मा गाउँपालिकाको आ.व. २०७८/०७९ को नवौँ गाउँसभाबाट आर्थिक विधेयक २०७८, विनियोजन विधेयक २०७८, नीति तथा कार्यक्रम र बजेट उपर घनिभुत रूपमा छलफल गरी सर्वसम्मत पारित भएको छ । यस पटक गाउँपालिकाले ६२ करोड २८ लाख ३७ हजार ५ सय ९० बराबरको बजेट प्रस्तुत गरेको थियो । आर्थिक विकास तर्फ ९%, पूर्वाधार तर्फ २६%, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र तर्फ १०% र सामाजिक विकास तर्फ ५५% बजेट बिनियोजन गरेको छ । विधेयक समितका संयोजक श्री रमा खड्का ज्यूले पेश गर्नु भएको वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ र बाल अधिकार संरक्षण तथा सम्वर्द्ध विधेयक, २०७८ सम्बन्धी छलफल भने मिति २०७८/०३/२० गते हुने गाउँसभामा हुनेछ ।