समाचार
"स्वस्थ बच्चा नै भविष्यको स्वस्थ नागरिक हो" भन्ने अवधारणालाई आत्मसाथ गर्दै सदा झै शिशु पोषण भत्ता विरतण शुरू
"स्वस्थ बच्चा नै भविष्यको स्वस्थ नागरिक हो" भन्ने अवधारणालाई आत्मसाथ गर्दै शिशु पोषण प्रवर्द्धन कार्यक्रम अन्तर्गत आज मिति २०७८/०३/२१ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. २ ओख्रेमा शिशु पोषण प्रवर्द्धन भत्ता वितरण गरिएको छ । अन्य वडामा पनि क्रमश हुने जानकारी गराईन्छ । यो कार्यक्रमबाट लाभान्वित हुन आमाले बच्चा गर्भमा आएपछि ४ पटक गर्भजाँच गरेको, जन्मिसकेपछि बालबच्चाले सबै नियमित खोपको मात्रा पूरा गरेको, नियमित स्वास्थ्य जाँच गराएको, जन्मदर्ता गराएको लगायत मापदण्ड पुरा गरेको हुनु पर्दछ । प्रत्येक दम्पतिको दुई वर्ष मुनिका २ वटा बच्चालाई प्रति महिना १ हजारका दरले यो भत्ता वितरण गरिन्छ । दुई भन्दा बढी बच्चा जन्माएको हकमा भने प्रोत्साहन भत्ता दिइने छैन ।