FAQs Complain Problems

ग्यालरी

दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. ६ बास्थला छितापोखरी निवासी हरि बहादुर तामाङको घर आगलागीबाट पूर्ण क्षेति भएकोले राहत स्वरूप रू २० हजार रकम हस्तान्तरण गर्नु हुँदै गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यू । सम्बन्धित वडाका वडा सदस्य श्री युवराज तामाङ ज्यू , वडा नं. ५ का वडा सदस्य श्री अमृत गिरी ज्यू लगायत स्थानियबासी समेतको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको हो । (मिति २०७७ साल पौष ३ गते)

मिति: 12/18/2020 - 17:52
, , , , , , , , ,

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले विभिन्न समयमा लिइएको परीक्षामा सफल भएका स्वास्थ्य शाखाका-१० जना र कृषि तथा पशुविकास शाखाका १० जना नव नियुक्त कर्मचारीहरूलाई निर्देशन सहित नियुक्ति पत्र वितरण गर्नु हुँदै गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यू ।

मिति: 12/15/2020 - 19:03
, , , , , , , , , , , , , , , , , , , , ,

आज मित २०७७ साल मंसिर २८ गते दिप्रुङ चुइचुम्मा गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास भएको छ । ९ महिनामा सम्पन्न हुने गरी रविना-

अविसा जे.भी. काठमाडौँले उक्त भवन ३,६४,६१,८१९.४९ लागतमा निर्माण गर्न लागेको हो ।

मिति: 12/13/2020 - 14:40
, , , , , , , , , ,

भुकम्पीय निजी आवास पुननिर्माण कार्य गर्दा सृजित वातावरणीय तथा सामाजिक प्रभावहरूको वातावरणीय तथा सामाजिक व्यवस्थापन योजना (ESMP) निर्माणका विषयमा गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यूको अध्यक्षतामा परामर्श तथा छलफल कार्यक्रम सम्पन्न ।

मिति: 12/10/2020 - 17:33
,

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा "लैंगिक हिंसा अन्त्यको प्रतिवद्धता: व्यक्ति, समाज र सबैको ऐक्यवद्धता" भन्ने मुल नाराका साथ आज मिति २०७७ मंसिर २४ गते गाउँपालिकामा लैंगिक हिंसा नियन्त्रणमा आमा समूहको भूमिका भन्ने विषयवस्तु भित्र समुहगत कार्यपत्र प्रतियोगितात्मक रूपमा प्रस्तुतीकरण कार्यक्रम सम्पन्न भएको छ । जसमा गाउँपालिका भरीका आमा समुहहरूमध्ये १७ वटा समूहले प्रतियोगितात्मक कार्यक्रममा सहभागी जनाएका छन् । जसमा प्रथम : सदावहार आमा समूह, दि.चु.गा.पा.-५( नगद पुरस्कार रू ५,०००) , द्वितीय : मिलिजुली आमा समूह दि.चु.गा.पा.-३( नगद पुरस्कार रू ४,०००), तृतीय : नवजागरण आमा समूह, दि.चु.गा.

मिति: 12/09/2020 - 17:47
, , , , ,

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले कृषि प्रसार सेवा एंव कृषि विकासमा अवलम्वन गरेका असल अभ्यास, गाउँपालिका र प्रयास परियोजनाबीचको साझेदारीमा संचालित कृषि क्षेत्रका सफलताका कथा तथा असल अभ्यासहरूलाई समेटेर छोटो भिडियो डकुमेन्ट्री तयार गर्ने उदेश्यले गाउँपालिका, प्रयास परियोजना र परिदृष्य काठमाडौँबीच सम्झौता भएको छ ।

मिति: 11/23/2020 - 23:11
,

गाउँपालिका र नेपाल कृषि सेवा विकास कार्यक्रमको साझेदारीमा दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आज मिति २०७७ साल मंसिर ८ गते कुटानी पिसानी मिल-३ वटा, धान काट्ने मेसिन-७ वटा र २१ वटा कृषक समुहरूलाई प्रति समुह २५ वटाको दरले जम्मा ५२५ वटा र १० कृषकहरूलाई ७५ वटा क्रेट वितरण गरेको छ । कुटानी पिसानी मिल नरमाया कृषक समूह याम्खा,डाँडागाउ खुतुम्बु निवासी मैया तामाङ र छोरम्बु निवासी रनमया श्रेष्ठ ले प्राप्त गर्नु भएको छ । त्यस्तै धान काट्ने मेसिन याम्खाबाट मौसमी विज बृद्धि कृषक समूह र अजम्बरी कृषक समूह, डाँडागाउबाट सिंहदेवि कृषक समूह, वडा नं‍‍‍‍. ३ बाट नव प्रभात कृषक समूह, वडा नं.

मिति: 11/23/2020 - 19:28
, , , , , , , , ,

दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. ४ साउनेडाँडा बतासे निवासी गौरब ब राईको घर आगलागीबाट पूर्ण क्षेति भइ सबै नगदी, जिन्सी सामानहरू नष्ट भएकोले राहत स्वरूप रू ३० हजार रकम हस्तान्तरण गर्नु हुँदै गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यू ।

मिति: 11/23/2020 - 13:01
, , , , , , , , ,

दिप्रुङ चुइचुम्मा गाउँपालिका र नेपाल कृषि सेवा विकास कार्यक्रमको साझेदारीमा संचालित कार्यक्रमबाट गाउँपालिकाले २ वटा १००% बोयर बोका, ७ वटा ५०% बोयर बोका र १७० वटा खरी बाख्रा आज मिति २०७७ मंसिर ७ गते वितरण गरेको छ । १००% बोयर बोका दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. १ निवासी रामनिधि आचार्य र वडा नं. २ निवासी शम्भु कार्की त्यस्तै ५०% बोयर बोका वडा नं. १ बाट दिनेश विष्ट, वडा नं. २- अजम्बर राई, वडा नं. ३-मन्दिप बस्नेत, वडा नं. ४-मछिन्द्र राई, वडा नं. ५ -ध्रुव थापा, वडा नं. ६ -नारायण खत्री र वडा नं.

मिति: 11/22/2020 - 18:56
, , , , , , , , , , , , ,

यस दिप्रुङ चुइचुम्मा गाउँपालिका र नेपाल कृषि सेवा विकास कार्यक्रमको साझेदारीमा कोभिड-१९ महामारीबाट प्रभावित अति विपन्न तथा लकडाउन अवधिमा सुत्केरी हुनु भएको महिलाहरूलाई भौचर प्रणाली मार्फत वडा नं. ७ टेम्मामा जम्मा ५८ जना(अति विपन्न ३० र सुत्केरी २८), वडा नं. ६ छितापोखरीमा जम्मा ४४ जना ( अति विपन्न ३० जना र सुत्केरी १४) साथै वडा नं. ४ बतासेमा जम्मा ५५ जना(अति विपन्न ३० र सुत्केरी १४) जनालाई आज मिति २०७७ साल मंसिर ६ गते राहत वितरण गरेको छ । यस्तै हिजो २०७७ साल मंसिर ५ गते वडा नं. १ याम्खामा जम्मा ६६ जना(अति विपन्न-३० र सुत्केरी महिला-३६), वडा नं.

मिति: 11/21/2020 - 21:32
, , , , , , , , , , , , , ,

Pages