FAQs Complain Problems

ग्यालरी

वडाको सबैभन्दा जेष्ठ नागरिक सम्मान कार्यक्रमलाई निरन्तरता दिदै मिति २०७७/०६/०५ गते वडा नं. ६ निवासी ९१ वर्षीय अखटे निवासी विष्णुमाया भुजेल र धिप्लुङ निवासी ९० वर्षीय बुद्धिमान दर्जी सम्मानित हुनु भएको छ । यस अघि वडा नं. ३ निवासी ९५ वर्षिय जगत बहादुर बस्नेत र ९६ वर्षिय सन्तमाया राई त्यसैगरी वडा नं.

मिति: 09/22/2020 - 11:27
, ,

स्वच्छ र सक्षम निजामती प्रशासन:समृद्धि र सुशासन" भन्ने मुल नाराका साथ दिप्रुङ चुइचुम्मा गाउँपालिकाले १७ औ निजामाती सेवा दिवस २०७७ सामाजिक दुरी कायम गर्दै भव्यताका साथ सम्पन्न गरेको छ । सोही दिवसको अवसरमा गाउँपालिकाले गाउँपालिकाको स्थापना काल देखी स्वास्थ्य संयोजकको रूपमा कार्यरत श्री मुस्ताक अहमद मन्सुरीलाई उत्कृष्ट कर्मचारीको रूपमा सम्मान गरिएको छ । उहाँले यस अवधिमा गाउँपालिकामा आएका आरोह अवरोहरूको सामना गर्दै यस गाउँपालिकाको समृद्धि, विकास र अग्रगमनको लागी कार्यालयले प्रदान गर्ने सेवा प्रवाहमा अतुलनीय योगदान पु¥याउनु भएको तथा कोभिड-१९ को महामरी र बढ्दो संक्रमण नियन्त्रणका लागी गाउँपालिकाल

मिति: 09/08/2020 - 07:58
, , , , , , , , , ,

दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. ७ टेम्मा स्वास्थ्य चौकी भवनको उद्घाटन गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यू द्वारा मिति २०७७/०५/२१ गते सम्पन्न भएको छ । वर्ड वाइड राम सागर जे.भी.ले मिति २०७५/०५/२९ गते काम शुरु गरी २०७७/०४/२० गते सम्पन्न गरेको हो । यस भवनको लागत रकम रू १,५३,६६,६६०।- भ्याट सहित रहेको छ ।

मिति: 09/07/2020 - 11:15
, , ,

दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नंं. १ याम्खा स्वास्थ्य चौकी र वडा नं. ४ भन्डारेघाटमा मिति २०७७/०५/०२ गते चौथो चरण अन्तर्गत ५४ जनाको पि‍‍.सी.आर. परिक्षणको लागी स्वाव संकलन कार्य स्वास्थ्य संयोजक श्री मुस्ताक अहमद मंसुरीको नेतृत्वमा गाउँपालिकाको स्वास्थ्यकर्मीद्वारा सम्पन्न भएको छ । पहिलो चरणमा १७ जना, दोस्रो चरणमा ३२ जना, तेस्रो चरणमा २३ जनाको परिक्षण गर्दा भारतबाट आइ वडा नं. ४ बतासे स्थित भण्डारेघाटको क्वारेन्टाइनमा रहेको १ जनामा पोजेटिभ देखिएको र अन्य सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

मिति: 08/18/2020 - 16:42
, , , , , ,

"दिप्रुङ चुइचुम्माको समृद्धिको आधार, कृषि-पर्यटन प्रवर्द्धनमा सुधार" भन्ने मूल नाराका साथ दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कृषि तथा पर्यटन सम्बन्धि पन्च वर्षिय रणनैतिक योजना निर्माण कार्यशाला गोष्ठी सम्पन्न भएको छ । (मिति २०७७/०४/२४)

मिति: 08/08/2020 - 22:11
, , , , , , , ,

दिप्रुङ चुइचुम्मा गाउँपालिका गाउँ शिक्षा समितिको मिति २०७७/०३/२७ गते बसेको बैठकको निर्णय अनुसार सन्चालनमा आएको गाउँटोल बस्ती सिकाई सहजिकरण कार्यक्रमलाई प्रधानाध्यापकहरूको २०७७/०४/१७ गते बसेको बैठकले हार्दिक स्वागत तथा समर्थन गर्दै महत्वपूर्ण सुझावहरु प्राप्त भएको छ ।

मिति: 08/01/2020 - 17:57
, , , , , , , ,

दिप्रुङ चुइचुम्मा गाउँपालिका गाउँ शिक्षा समितिको मिति २०७७/०३/२७ गते बसेको बैठकको निर्णय अनुसार सन्चालनमा आएको गाउँटोल बस्ती सिकाई सहजिकरण कार्यक्रमलाई विद्यालय व्यवस्थापन समिति अध्यक्षहरूको २०७७/०४/१६ गते बसेको बैठकले हार्दिक स्वागत तथा समर्थन गर्दै महत्वपूर्ण सुझावहरु प्राप्त भएको छ ।

मिति: 07/31/2020 - 17:33
, , ,

वडाको सबैभन्दा जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत आज मिति २०७७/०४/१५ गते वडा नं. ३ निवासी ९५ वर्षिय जगत बहादुर बस्नेत र ९६ वर्षिय सन्तमाया राई सम्मानित हुनु भएको छ । सम्मान स्वरुप गाउँपालिकाले उहाँहरूलाई १ थान सिरक, १ थान डसना, १ थान बेडसिट, १ थान सिरानी, १ बट्टा हर्लिक्स र १ वटा झुल प्रदान गरेको छ । यस कार्यक्रम अन्तर्गत गाउँपालिकाका प्रत्येक वडाका सबैभन्दा जेष्ठ १ जना पुरुष र १ जना महिलालाई सम्मान गरिने छ । यस अघी मिति २०७७/०४/०४ गते वडा नं. ५ निवासी ९१ वर्षिय जस बहादुर राई र ८५ वर्षिय चन्द्रकला थापा सम्मानित हुनु भएको थियो । बाँकि ५ वटा वडामा पनि क्रमश हुने जानकारी गराइन्छ ।

मिति: 07/30/2020 - 19:05
, , , ,

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको पहलमा महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयद्वारा दि.चु.गा.पा ५ को रेनुका बन गिरी लाई मिति २०७७/०४/११ गते उद्दार गरिएको छ । जुम्ल्याहा बच्चा सकुशल जन्मिए पनि सुत्केरी आमाको अत्याधिक रक्तश्रावको कारण ज्यान जोखिममा भएकोले उद्दार गरी काठमाडौँ लगिएको छ । दुबै बच्चाको स्वास्थ्य अवस्था सामन्य रहेको बर्थिङ सेन्टर स.छितापोखरीले जनाएको छ । महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननीय पार्बत गूरुङ ज्यू ,मन्त्रालय परिवार लगायत सबैलाई तत्काल उद्वारकार्यमा पहल र सहयोग गरि दिनु भएकोमा हार्दिक धन्यबाद ।

मिति: 07/26/2020 - 14:43
, , ,

Pages