FAQs Complain Problems

ग्यालरी

कोरोना भाइरस (कोभिड–१९) सम्बन्धि पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धि गाउँपालिका स्तरीय समन्वय समितिको बैठक समिति संयोजक तथा गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यूको अध्यक्षतामा मिति २०७६ साल चैत्र १५ गते सम्पन्न भएको छ । उक्त बैठकमा (१) बिदेशबाट आएका ब्यक्तिहरुलाई अनिवार्य रुपमा १४ दिन गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा राख्ने । साथै क्वारेन्टाइनलाई थप व्यवस्थापन गर्दै लैजाने (२) गाउँपालिकाको लागी आवश्यक नियमित निशुल्क औसधिहरु खरिद गरि उपलब्ध गराउने तथा कोरोना भाइरस विरुद्ध चालिने कदमको लागी आवश्यक औसधि तथा आवश्यक उपकरणहरुको व्यवस्थापन गर्ने (३) यो सङ्कटको घडिमा गाउँपालिका भित्रक

मिति: 03/28/2020 - 16:36
, ,

क्वारेन्टाइनमा बस्नेको संख्या ५ जना पुगेको जानकारी गराइन्छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले वडा नम्बर १ याम्खा स्थित स्वास्थ्य चौकीको नव निर्मित भवनमा ४० शैयाको क्वारेन्टाइन निर्माण गरी बिदेशबाट आएको व्यक्तिहरुलाई राख्न शुरु गरेको छ । मिति २०७६ चैत्र १३ गतेसम्म भारतको कालिम्पोङबाट आउनु भएको २२ बर्सिय बस्नेत, भारतकै मेघालयबाट आउनु भएको ४७ बर्सिय राई र साउदी अरबबाट आउनु भएको ३० बर्सिय बि.क., भारतको सिक्किम आउनु भएको ३१ बर्सिय परियार र सोहि स्थानबाट आउनु भएको ३८ बर्सिय तामाङ गरी ५ जनालाइ क्वारेन्टाइनमा राखिएको हो । उहाँहरुको सम्पुर्ण खाने बस्ने व्यवस्था गाउँपालिकाले गर्नेछ । बिदेशबाट आउनु भएको

मिति: 03/26/2020 - 16:33
, ,

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले वडा नम्बर १ याम्खा स्थित स्वास्थ्य चौकीको नव निर्मित भवनमा ४० शैयाको क्वारेन्टाइन निर्माण गरी बिदेशबाट आएको व्यक्तिहरुलाई राख्न शुरु गरेको छ । मिति २०७६ चैत्र १२ गतेसम्म भारतको कालिम्पोङबाट आउनु भएको २२ बर्सिय बस्नेत, भारतकै मेघालयबाट आउनु भएको ४७ बर्सिय राई र साउदी अरबबाट आउनु भएको ३० बर्सिय बि.क. गरी ३ जनालाइ क्वारेन्टाइनमा राखिएको हो । उहाँहरुको सम्पुर्ण खाने बस्ने व्यवस्था गाउँपालिकाले गर्नेछ ।

थप समाचार 

मिति: 03/25/2020 - 20:14
, , , , ,

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको आ.व. २०७६।०७७ को वार्षिक कार्यक्रम " एक वडा एक दलित सहकारी " संस्था अन्तर्गत वडा नं‌. ३ छोरम्बुमा दलित वचत तथा ऋण सहकारी संस्था गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र ज्युको प्रमुख आतिथ्यतामा उद्घाटन भएको छ । श्री पदम बहादुर परियारको अध्यक्षतामा ७ सदस्यीय सन्चालन समिति रहेको यस संस्थामा ४२ वटा शेयर संख्या र ३० घर धुरी रहेको छ । गाउँपालिकाको ५० हजार बिउ पुँजी रहेको यस संस्थाको बिउ पुँजी सहित शेयर र बचत गरी जम्मा रु ७१,१२०।- आर्थिक पुँजी रहेको छ ।

थप समाचारको लागि 

मिति: 03/16/2020 - 16:18
, , , , ,

२०७६ सालको गाउँपालिका स्तरीय आधारभूत तह उत्तीर्ण कक्षा ८ को वार्षिक परीक्षाको परीक्षा केन्द्रहरु श्री शान्ति मा.वि. छोरम्बु केन्द्र र श्री शान्ति निकेतन मिनाकर्न मा.वि. सापातेल केन्द्रमा परीक्षा अनुगमन गर्नु हुदै गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यु । श्री शान्ति मा.वि. छोरम्बु केन्द्रमा श्री जनता मा.वि. बतासे र श्री शान्ति निकेतन मिनाकर्न मा.वि. सापातेलका विद्यार्थीहरु त्यस्तै श्री शान्ति निकेतन मिनाकर्न मा.वि. सापातेल केन्द्रमा श्री शान्ति मा.वि. छोरम्बु र श्री पन्चकौशिका मा.वि. भन्डारेघाटका विद्यार्थीहरु सम्मिलित रहेका छन् ।

मिति: 03/11/2020 - 16:49
, , ,

" खेल खेलौ स्वस्थ्य रहौँं, खेलको माध्यमद्धारा भाईचाराको विकास गरौं” भन्ने नाराका साथ दिप्रुङ चुइचुम्मा गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत मिति २०७६ साल फागुण २४ गतेबाट शुरु भएको खुल्ला पुरुष/महिला भलिबल तथा एकल नृत्य प्रतियोगिता मिति २०७६ फागुन २७ गते सम्पन्न भएको छ । पुरुष तर्फ : (१) प्रथम - उदयपुर स्पोर्ट्स क्लव (२) द्वितीय -बेलका न.पा., रामपुर,उदयपुर (३) तृतीय -दिक्तेल रुपाकोट मझुवागढि न.पा.

मिति: 03/10/2020 - 21:27
, , , , ,

कक्षा १ देखी ९ सम्मको वार्षिक तथा कक्षा ५ र ८ को गाउँपालिका स्तरीय वार्सिक परीक्षा मिति २०७६ फागुन २७ गतेबाट संचालन हुने भएकोले ४८ ओटै बिद्यालयका प्रधानाध्यापक ज्युहरुले प्रश्न पत्र गाउँपालिकाबाट बुझ्ने क्रममा परीक्षा मर्यादित बनाउन केन्द्राध्यक्ष र प्रधानाध्यापक ज्युहरुलाई निर्देशन दिनु हुदै गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यु । दिप्रुङ चुइचुम्मा गाउँपालिका केन्द्राध्यक्ष र सम्पुर्ण प्रधानाध्यापक ज्युहरुलाई परीक्षा मर्यादित बनाउन आग्रह गर्दै कक्षा १ देखि ९ सम्मका सम्पूर्ण विद्यार्थीहरुलाई सफलताको शुभकामना व्यक्त गर्दछ ।

मिति: 03/09/2020 - 22:16
, ,

दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्वारा आयोजित खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिताको तेस्रो दिन मिति २०७६ फागुन २६ गते महिला तर्फ भएको खेलमा : पहिलो चरणको निरन्तरता खेलमा (१) मानेभञ्ज्याङ गा.पा. ओखलढुंगाvs साकेला गा.पा.=मानेभञ्ज्याङ गा.पा. ओखलढुंगा । सेमिफाइनल महिला तर्फ (१) दि.चु.गा.पा.-१, याम्खा vs ऐसेलुखर्क गा.पा.=दि.चु.गा.पा.-१, याम्खा(बिजेता- फाइनल चरण प्रवेश ) (२) मानेभञ्ज्याङ गा.पा. ओखलढुंगा vs उदयपुर स्पोर्ट्स क्लब =मानेभञ्ज्याङ गा.पा. ओखलढुंगा( बिजेता-फाइनल चरण प्रवेश ) । महिला तर्फ फाइनलका लागी- दि.चु.

मिति: 03/09/2020 - 19:37
,

दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्वारा आयोजित खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिताको दोस्रो दिन मिति २०७६ फागुन २५ गते पहिलो चरणको पुरुष तर्फ ८ खेल र महिला तर्फ २ खेल भएको छ । पुरुष तर्फ १६ टिम र महिला तर्फ ७ टिम रहेको छ । पुरुष तर्फ भएको खेलमा : (१) दि.चु.गा.पा.-२ र दि.चु.गा.पा.-५c (बिजेता) (२) दि.चु.गा.पा.-३(अनुपस्थित) र दि.चु.गा.पा.-६(बिजेता) (३) बेलका न.पा. रामपुर, उदयपुर(बिजेता) र दि.चु.गा.पा.-१, याम्खा (४) दि.चु.गा.पा.-५A(बिजेता) र साकेला गा.पा.

मिति: 03/08/2020 - 20:31
, ,

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको आ.व. २०७५/०७६ को लेखापरीक्षणको क्रममा महालेखापरिक्षक कार्यालयबाट पाल्नु भएको टोलि यस गाउँपालिकाको योजना तथा बिद्यालयहरुको स्थलगत निरीक्षण गर्नु हुँदै । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको लेखापरीक्षण गर्ने कार्य सफल रूपमा सम्पन्न भएको कुरा सम्पुर्ण गाउँपालिकावासी आमा,बुवा,दिदि बहिनी,दाजुभाई तथा अन्य सरोकारवाला सबैलाई जानकारी गराइन्छ ।

मिति: 03/08/2020 - 16:46
, , , , , , ,

Pages