FAQs Complain Problems

ग्यालरी

आज मिति २०७७ साल जेष्ठ ३० गते दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आगामी वर्ष आ.व. २०७७/०७८ को नीति तथा कार्यक्रम र बजेट निर्माणको लागी गाउँपालिकाका राजनैतिक दल, पूर्व निर्वाचित पदाधिकारी, शिक्षक, अगुवा कृषक, वौद्धिक वर्ग, पत्रकार, गैर सरकारी संस्था सँग अन्तरक्रिया कार्यक्रम गरी परामर्श तथा सुझाव संकलन गरेको छ ।

मिति: 06/12/2020 - 19:10
, ,

आज मिति २०७७/०२/२५ गते दिप्रुङ चइचुम्मा गाउँपालिकाको आ.व. २०७६/०७७ को वार्षिक कार्यक्रम अन्तर्गत अपाङ्गता भएको व्यक्तीहरूलाई सिन्के धुप(अगरबत्ती) तथा मुढा बनाउने आधारभूत तालिमको उद्घाटन गर्नु हुदै गाउँपालिका उपाध्यक्ष श्री सपना राई ज्यु ।

मिति: 06/07/2020 - 19:54
,

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको आ.व. २०७६/०७७ को वार्षिक क्रिषि तथा पशु विकास कार्यक्रम अन्तर्गत रहेको व्यवसायिक सुंगुर फर्मको विकास(५०%) अनुदान कार्यक्रम रू २ लाख र रमा तामाङको व्यक्तिगत लगानी रु २ लाख गरी जम्मा ४ लाख रकमबाट वडा नं. ६ स्थित निर्माण गरिएको व्यवसायिक संगुर फर्मको अनुगमन गरिदै ।

मिति: 06/02/2020 - 21:54
, , , , ,

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले मिति २०७७ जेष्ठ २० गते गाउँपालिकाका प्रत्येक वडाहरूमा गाउँपालिका भन्दा बाहिरबाट आएको व्यक्तीहरूको पहिचान गरी क्वारेन्टाइनसम्म ल्याउने साथै प्रभावित स्थानबाट आएका व्यक्तीहरूको RDT गर्ने र PCR को लागि स्वाव संकलन कार्यमा सहयोग गर्न .हे.अ.(BPH) श्री दिपक प्रसाद दाहालको संयोजकत्वमा ९ सदस्यीय CICT टिम गठन गरेको छ । त्यसैगरी दिप्रुङ चुइचुम्मा गाउँपालिकाले गाउँपालिका अन्तर्गतका ७ वटै स्वास्थ्य चौकीलाई पुन औषधिहरू वितरण गरेको जानकारी गराइन्छ ।

मिति: 06/02/2020 - 18:52

दिप्रुङ चुईचुम्मा गाउँपालिकाको कोरोना भाईरस संक्रमण तथा नियन्त्रण सम्बन्धी कार्यदलको मिति २०७७/२/१९ को निर्णय अनुसार आज उपरान्त यस गाउँपालिकामा वसोवास गर्ने गरी प्रवेश गर्ने नागरिकले भारतवाहेक तेश्रो मुलुकवाट आएकाहरुले याम्खामा ,भारतवाट आउनेले भण्डारेघाट र देशकै अन्य क्षेत्रवाट आएका नागरिकहरुलाई पालिकाले तोकेको क्वारेन्टाईनमा राख्ने व्यवस्था गरिएको जानकारी गराइन्छ ।

मिति: 06/01/2020 - 17:55
,

दिप्रुङ चुइचुम्मा गाउपालिकाको आ.ब. २०७६/०७७ को वार्षिक कृषि तथा पशु विकास कार्यक्रम अन्तर्गत कागती पकेट बिस्तार कार्यक्रममा वडा नम्बर ४ बतासेको इजारामा ३५०० बिजु सुन कागती १ बिरुवा धनकुटाबाट ल्याइ बितरन गरियो । यसमा गा.पा.को लगानी २,४०,००० र समुहको लगानी ४८,००० रहेको जानकारी गराइन्छ ।

मिति: 05/31/2020 - 16:38
, , ,

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले तेस्रो चरणको राहत अन्तर्गत वडा नं. ३ छोरम्बु ३० घरधुरी, वडा नं. ४ बतासे ४१ घरधुरी,वडा नं. ५ स.छितापोखरी ३३ घरधुरी र वडा नं. ६ छितापोखरी ३६ घरधुरी गरी जम्मा १४० घरधुरीलाई आज मिति २०७७/०२/१७ गते राहत वितरण गरेको छ । आजसम्म गाउँपालिका भित्र १००० घरधुरी र जिल्ला बाहिर ३७८ परिवारलाई राहत वितरण गरेको जानकारी गराइन्छ । साथै गाउँपालिकाका प्रत्येक परिवारलाई २५ के.जि. को २ बोराको दरले ढुवानी अनुदान समेत प्रदान गरेको थियो ।

मिति: 05/30/2020 - 21:19
, , , , , ,

दिप्रुङ चुइचुम्मा गाउँपालिका भित्र स्वास्थ्य क्षेत्रमा आफ्नो क्षमता, दक्षता, योग्यता र सिप हासिल गर्नु भएका (डाक्टर, वि.एस.सि. नर्सिङ ,हेल्थ असिस्टेन्ड ,स्टाफ नर्स, अ.हे.व,.

मिति: 05/26/2020 - 16:04
, , ,

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले तेस्रो चरणको राहत वितरण कार्य मिति २०७७/०२/१० गतेबाट अति समस्यामा परेका नागरिकहरुलाई बितरण गरी शुरूवात गरेको छ । जस अन्तर्गत वडा न १ याम्खा: ३० वडा नं २ डाडागाउँ: ५२ र वडा नं ७ टेम्मा: ३० घर परिवारलाई राहत बितरण गरेको जानकारी गराइन्छ । पहिलो चरणमा गाउँपालिकामा ६०० घर परिवार दोस्रो चरणमा गाउँपालिका मै १०० घर परिवार, काठमाडौं उपत्यकामा २०७ र मोरङमा १७१ परिवारलाई राहत वितरण साथै गाउँपालिकाका प्रत्येक परिवारलाई २५ के.जि. को २ बोराको दरले ढुवानी अनुदान समेत प्रदान गरेको थियो ।

थप जानकारी

मिति: 05/23/2020 - 16:39
, , , , ,

Pages