FAQs Complain Problems

ग्यालरी

दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्वारा आयोजित दुई दिने बृहत निशुल्क स्वास्थ्य शिविर,अपाङ्ग तथा जेष्ठ नागरिक परिचयपत्र बितरण, जिल्ला प्रशासन कार्यालयद्वारा नागरिकता प्रमाणपत्र वितरण र जिल्ला निर्वाचन कार्यालयद्वारा मतदाता नामावली दर्ता कार्यक्रमको पहिलो दिन २०७६/२/१७ गते नि:शुल्क स्वास्थ्य शिबिर अन्तर्गत : हाडजोर्नी तथा नशा : १०५ जना आखा : १३४जना ,बालरोग तथा जनरल फिजिसियन: १७६ जना ,गाइनो तथा स्त्रीरोग : ४८ जना दात : ६५ जना , नागरिकता : १२४ जना , मतदाता नामवली : ११० जना ,अपाङ्ग परिचयपत्र अन्तर्गत: क बर्ग: ५ जना महिला र १ जना पुरुष , ख बर्ग : ५ जना महिला र २जना पुरुष ,ग बर्ग : ४ जना महिला र २ जना

मिति: 05/31/2019 - 21:23
, , , , ,

दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर १ याम्खा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ४ खाल्लेको बीचमा बग्ने साप्सु खोलाको ४० मिटर लम्बाई र ६ मिटर चौडाई भएको मोटरेबल पुलको सम्झौता मिति २०७६/०२/१७ गते सबैभन्दा कम कबोल अङ्क भएको सुर्य एन्ड सन्स प्रा.लि.

मिति: 05/31/2019 - 11:26
, , ,

दिप्रुङ चुईचुम्मा गाउपालिका-५ स छितापोखरीको पन्चमी बजारमा हिजो बेलुका भएको आगलागीबाट  डम्बर खड्काको घर पुर्ण रुपमा क्षति भएको छ र उक्त  घरमा भाडामा बस्दै आउनु भएको राम केश राईलाई ५० हजार र सामान्य रुपमा क्षति भएको रबिनारायण श्रेष्ठ लाई २० हजार आज दिनको १२ बजे गाउँपालिकाले राहत वितरण गरेको छ ।

मिति: 05/23/2019 - 23:40

प्रथम दिप्रुङ चुइचुम्मा स्टार २०७६  दि.चु. गा.पा.-१ याम्खाका बिनोद राई हुनुभएको छ । उहाँले रु ६५ हजारका साथै एउटा गित रेकर्डिङ गर्ने अवसर प्राप्त गर्नु भएको छ । त्यस्तै द्वितीय दि.चु.गा.पा.-७ टेम्म्माका दिलिप राईले रु ३० हजार  र तृतीय दि.चु. गा.पा.-२ ओख्रेका रमेश खड्काले रु १५ हजार  प्राप्त गर्नु  भएको छ । बिशेष अतिथिमा बरिस्ठ गायक तथा संगीतकार शम्भु राई र निर्णायकमा गायक  रुपकुमार राई ,रोशन राई ,कन्काइस्ट राई, कला राई र निस्चल राई रहनु भएको थियो ।

मिति: 05/23/2019 - 23:37
,

नमस्कार,
आदरणिय दिप्रुङ चुइचुम्मा गाउँपालिकाबासी आमा,बुवा,दाजुभाइ तथा दिदी बहिनिहरु ।
यस दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा न.२ को स्वास्थ चौकी ओख्रे डाडागाउमा खोटाङ सेवा समाज UK द्वारा प्रदान गरिएको  एम्बुलेन्स यस गाउँपालिकाको मातहातबाट संचालन हुने जानकारी गराउदै 
 यहाँहरु जो कोहि लाई जुनसुकै बेला एम्बुलेन्स चाहिएमा तत्काल तल दिइएको न. मा फोन गरेर सेवा लिनको लागि जानकारी गराइन्छ ।
सम्पर्क न. 
एम्बुलेन्स चालक: ९८२४७८५२१(भुवन बस्नेत)
सम्पर्क गा.पा कर्मचारी : ९८२५७९१८४८

मिति: 05/16/2019 - 20:32
,

"हामी दिप्रुङ चुइचुम्माली ल्याउछौँ समृद्धि अनि खुसी " भन्ने मुल नाराका साथ दिप्रुङ चुइचुम्मा गाउँपालिकाको ३ दिने (२०७६/०१/२९ देखि २०७६/०१/३१)   आवधिक विकास योजना तर्जुमा कार्यशाला गोष्ठी समापन भएको छ । उक्त गोष्ठीमा प्रदेश संसद माननीय श्री रामकुमार राई(पासाङ ) द्वारा योजना तर्जुमा कार्य सफलताको शुभकामना प्रदान गर्नु भयो ।

मिति: 05/14/2019 - 20:55
, ,

प्रथम दिप्रुङ चुइचुम्मा स्टार २०७६ को दोस्रो दिन आज २०७६/०१/२३ गते पन्चमी बजारमा २९ (टेम्मा: १० र पन्चमि बजार : १९)जना प्रतिस्पर्धीहरुमध्ये ११ जना छानिनु भएको छ । निर्णायक मन्डलहरुमा आदरणीय गायकहरु श्री रुप कुमार राई, रोशन राई(पालुवा स्टार ) र सुबास सर्जन रहनुभएको थियो ।

मिति: 05/06/2019 - 20:45
, , ,

दिप्रुङ चुइचुम्मा गाउँपालिका अन्तर्गतका सामुदायिक बिद्यालयहरुका प्र.अ हरुलाई शैक्षिक गुणस्तर बढाउन २ दिने तालिमको समापन भएको छ।तालिम दिन आउनु भएका सेन्टजेभियर्स स्कूल जावलाखेलका प्रिन्सीपल फादर जर्ज,रानी झा र बुद्धि गौतम प्रति हार्दिक आभार ब्यक्त गर्दछौ |

मिति: 04/03/2019 - 21:51
, ,

Pages